बझाङ – धनगढीमा जुवातास खेलिरहेको अवस्थामा बझाङका ८ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–४ स्थित बझाङ बिथ्डचिर गाउँपालिका–२ को २८ वर्षीय जिबन बोहराले संचालन गरेको कमल रोशन होटलबाट ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा बझाङ बिथ्डचिर गाउँपालिका–१ का ४३ वर्षीय नरबहादुर बोहरा, २ का ४१ वर्षीय सुरेन्द्र बोहरा, २ कै ४३ वर्षीय रणबहादुर बोहरा, ३४ वर्षीय पबिन्द्र मण्डेल, ३४ वर्षीय देविचन्द्र मण्डल, ३ का २३ वर्षीय चक्र बोहरा, ९ का २६ वर्षीय दिलिप खडका र होटल सञ्चालक बोहरा रहेका छन् । यीमध्ये ३४ वर्षीय पबिन्द्र मण्डेल छबिसपाथिभेरा २ का वडाध्यक्ष हुन् ।

उनीहरुलाई जुवातास खेलिरहेको अबस्थामा नगद २५ हजार ७ सय र तास ३ गड्डीसहित फेलापारी वडा प्रहरी कार्यालय धनगढीबाट खटिइएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धान गरिरहेको छ ।
