खाेज्नुहाेस

सेतीनदीमा विपद जोखिम न्यूनीकरण सम्बन्धि कृत्रिम घटना अभ्यास

Image

बझाङ – बझाङमा जिल्ला विपद व्यवस्थापन समितीले केदारस्युँ गाउँपालिका–१ देउरा स्थित सेती नदीमा मनसुनजन्य विपत न्युनिकरण सम्बन्धी कृतिम अभ्यास गरेको छ । जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल रेडक्रस सोसाइटी, केदारस्युँ गाउँपालिका, प्रगतिशिल युवासमाज, वल्र्ड भिजन नेपाल,उधोगबाणिज्य संघ लगायतका संघ, संस्थाको सहभागितामा शुक्रबार अभ्यास गरिएको हो ।

जिल्लाका सुरक्षा समितिको नेतृत्वमा बाढी पहिरोको उच्च जोखिम रहेको सेती नदीमा मनसुन सुरु हुनुअघि स्थानीयलाई सर्तक गराउन यो अभ्यास गराइएको थियो । त्यसक्रममा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले स्थानीय बासिन्दालाई प्रकोपबाट बच्ने उपायबारे जानकारी पनि गराइएको छ । सुरक्षाकर्मीको टोलीले बाढी, पहिरो, भुकम्प लगायत विपतबाट बचाउन ‘डेमो’ प्रदर्शन गरेका थिए ।

attariya hospital
navjiwan hospital

केदारस्युँ गाउँपालिकाका कार्यबाहक अध्यक्ष तथा केदारस्युँ गाउँपालिका—२ का वडाअध्यक्ष शेर बहादुर विष्टले नमुना अभ्यास प्रकोपबाट बच्न सचेत गराएको बताए । विपतको सामना गर्न स्थानीयलाई सहयोग पुगोस् भनेर अभ्यास गराइएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको भनाई छ । अभ्यासमार्फत उच्च जोखिम भएका स्थान छनोट गरी विपतबाट प्रभावित नागरिकको तत्कालै खोज, उद्धार, राहत व्यवस्थापनलाई सुनिश्चित गर्ने प्रयास गरिएको उनले बताए ।

विपतका घटना हँुदा कुनै पनि नागरिकले कसरी सुरक्षित हुने र तत्काल व्यवस्थापनका लागि कसलाई कहाँ खबर गर्ने भन्ने विषयमा अभ्यास प्रदर्शनीबाट स्थानीयलाई सचेतीकरण गरिएको नेपाल रेडक्रस सोसाइटी बझाङका सभापती रामदत्त उपाध्यायले बताए ।

त्यस्तै विपतको समयमा हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज, उद्धार, राहत, समन्वयलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्देश्यले गरिएको कृतिम घटना अभ्यास अन्यठाउँमा पनि आयोजना गरिनुपर्ने नेपाल पत्रकार महासंघ बझाङ शाखाका निवर्तमान अध्यक्ष जगदीस रोकायाले सुझाव दिएका छन् ।