जोखिममा परेको बझाङको भुमिदेव विद्यालय सुरक्षित ठाउँमा सारिने

बझाङ – पहिरोको जोखिममा परेको केदारस्युँ गाउँपालिका ६, रोतागडामा रहेको भुमिदेव आधारभूत विद्यालय सुरक्षित ठाउँमा सारिने भएको छ । सडक निर्माण पछि सुरु भएको पहिरोका कारण जोखिममा परेको उक्त विद्यालय सुरक्षित ठाउँमा सारिन लागेको हो ।

maya metro hospital

विद्यालयका पाँचवटा भवनलाई बिचमा पारेर दुईतिरबाट निर्माण गरिएको सडकका कारण भवनको दाँया र बायाँतिरबाट पहिरो सुरु भएपछि विद्यालयका भवनमात्रै नभएर २ सय ३८ जना विद्यार्थीको ज्यान नै जोखिममा परेको थियो ।

joshi vada pasal 2

पहिरोको जोखिम भएपछि विद्यालयलाई वडा नम्बर ६ कै सिङराल्नी भन्ने ठाउँमा सारिन लागिएको छ । विद्यालय सार्नका लागि केदारस्युँ गाउँपालिकाले २७ लाख खर्च गरेर सुरक्षित ठाउँमा जग्गा खरिद गरेको छ ।

पालिकाले खरिद गरिदिएको जमिनमा पक्की भवन निर्माणका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले दिएको ५५ लाख अनुदानबाट चारकोठे पक्की भवन निर्माण सम्पन्न हुने चरणमा छ ।

तीन वर्षदेखि निरन्तर झरिरहने पहिरोका कारण दुर्घटना हुने त्रासबीच पढाइ सञ्चालन गर्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको विद्यालयका प्रधानाध्यापक खडक बोहराले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.