खाेज्नुहाेस

बझाङमा छोराले बन्चरो प्रहार गर्दा बुवा गम्भीर घाइते

Image

बझाङ – बझाङमा आफ्नै छोराले बन्चरो प्रहार गर्दा बुवा गम्भिर घाइते घाइते भएका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका – ११ मयाना घर भएका १६ वर्षिय अमृत रोकायाले आफ्नै ३२ वर्षिय बुबा विक्रम रोकायालाई बन्चरो प्रहार गरेर गम्भिर घाइते बनाएका हुन् ।

navjiwan hospital

रोकायाले सोमबार राती घरमै सुतिरहेको अवस्थामा बुवालाई एक्कासि बञ्चरो प्रहार गरेका थिए । छोराले श्रीमान माथि बन्चरो प्रहार गरेको देखेर छोप्न खोज्दा आमा समेत घाइते भएकि छिन् ।

godawari nagarpalika dadhelo
attariya hospital

बन्चरो प्रहारबाट अनुहारमा गम्भीर चोट लागेका विक्रम रोकायाको जिल्ला अस्पताल बझाङमा उपचार सम्भव नभएपछि मंगलबार बिहान धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी एवं प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

के कति कारणले घटना भएको हो भन्ने खुल्न सकेको छैन् । अहिले बन्चरो प्रहार गर्ने अमृत रोकाया फरार रहेका छन् । उनको खोजि कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भैरहेको बझाङ प्रहरीले जनाएको छ ।