खाेज्नुहाेस

आलु उत्पादनमा सक्रिय बन्दै केदारस्युका महिला

Image

प्रदिप मलासी/बझाङ – बझाङको केदारस्यु गाउँपालिका – ३ का महिला समुह आलु उत्पादनमा सक्रिय हुन थालेका छन । केदारस्युको तलवाडा, झडखेत र गडीगाउका महिला समुहमा बाँधिएर सामुहिक रुपमा आलु खेतीमा सक्रिय हुन थालेका हुन ।

वल्र्ड भिजन इन्टरनेशनलको आर्थिक सहयोग, दलित सहयोग समाज बझाङ्गको आयोजना, कृषि ज्ञान केन्द्र बझाङ्गको प्राबिधिक सहयोग र केदारस्यु गाउपालिका बझाङ्गको समन्वयमा गाउँपालिका– ३ का तिन वटा गाउटोलका महिलाले आलु खेतीमा सक्रियता बढाएका हुन । पछिल्लो समय वल्र्ड भिजनले पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना मार्फत संयुक्त कृषक पाठशाला तथा ३ महिने कृषक तालिमको संचालन गर्दै आएको छ ।

attariya hospital

परम्परागत शैलीमा खेती गर्दा कम उत्पादन हुने र मुसा र अनेकौ प्रकारका रोग लाग्ने गर्दा आलु उत्पादन भने जति सन्तोसजनक नरहने भए पछि गाउका किसान निरास भएका थिए । पोषण र जिबिकोपार्जन संगै बालबालिकाको शैक्षिक गुणस्तरमा बृद्घि गर्ने खालको आम्दानीका लागि कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त वडामा तिन महिना हरियाली जलवायु मैत्री कृषक पाठशाला, तलवाडा जलवायु मैत्री कृषक पाठशाला र महादेव गडीगाउ जलवायु मैत्री कृषक पाठशालाको निर्माण गरि आलुको आधुनिक खेती गर्ने तरिका र आलुमा लाग्ने रोगको निवारण गर्न घरमा बसी बनाउन सकिने अर्गानिक किटनाशक बिसादीको उत्पादन र प्रयोग बारे किसानहरुलाई सिकाईएको थियो ।

navjiwan hospital

आधुनिक शैलीमा आलु खेती गर्दा कृषकले बिगतका दिनहरु भन्दा बढी आलु फलाउन सफल भएका छन । १ हेक्टर जमिनमा परम्परागत शैलीमा खेती गर्दा तिन वटै टोलका किसानले ४४ मेट्रिक टन उत्पादन गर्दै आएकामा आधुनिक शैलीमा खेती गर्दा हाल ४९ मेट्रिक टन आलु उत्पादन भएको किसानहरुले बताएका छन ।
आगामी दिनमा यस्ता खालका कार्यक्रमले गाउँटोललाई प्राथमिकतामा राखि यस क्षेत्र लाई आलु पकेट क्षेत्रको रुपमा बिस्तार गरिदिए गाउँबासी खुसी हुने हरियाली जलवायुमैत्री कृषक पाठशालाकी अध्यक्ष गोदावरी नाथले बताईन । त्यसका साथै उनले हाते टयाक्टरले जोते अझै माटो मसिनो हुने र आलुको उत्पादन बढी हुने अवस्था रहेकाले कृषि औजारहरुको पनि व्यवस्था मिलाईदिन आग्रह गरेकी छन ।

उक्त क्षेत्रलाई आलु पकेट क्षेत्रका रुपमा अगाडी बढाए दलित सहयोग समाज अझै गाउँपालिकासंग समन्वय गर्न तयार रहेको दलित सहयोग समाजका कार्यकारी निर्देशक सुनिल नेपालीले बताए । उनले त्यसका लागि संकलन केन्द्र र कोल्डस्टोरको स्थापना गरि बजारिकरण सहजता बनाउन निरन्तरता दिने समेत बताए । उनले प्रशिक्षकहरुले सिकाएको आधुनिक खेती गर्ने सबै तरिका अनुसार नै कृषि कार्य गर्न आग्रह गरे । किसानलाई हलो जोत्न मात्र नभई आफै किसान, आफै डाक्टर बनाउने राज्यको लक्ष्यलाई सफलता दिन कृषि ज्ञान केन्द्र अग्रसर रहेको कृषि ज्ञान केन्द्र बझाङ्गका निमित्त प्रमुख दिपेन्द्र कठायतले बताए ।

यता गाउँपालिकाका अध्यक्ष गणेश बोहराले आलु उत्पादनमा कटिबद्ध भएर लाग्न किसानहरुलाई आग्रह गरे । उनले कृषकहरुलाई समस्या भए आलु संकलन गरेर बजारीकरणको जिम्मा गाउँपालिकाले लिने समेत बताए । साथै कार्यक्रममा संयुक्त कृषक जलवायु मैत्री पाठशालामा सहभागी ७५ जना महिलाहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । बझाङ्ग पछिल्लो समय आलुको उत्पादनमा अग्रगति लिदै आएको भए पनि किसानले आलुको बजार नपाउदा र धेरै लामो समय सम्म आलु लाई बचाएर राख्न नसक्दा किसान चिन्तित भएका छन ।

तिन महिनाको कृषक पाठशाला संचालन पछि तिन वटै गाउँका कृषक संस्थाका प्रतिनिधि, ज्ञान केन्द्रका कर्मचारी, गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय सर्बसाधारण सबैको उपस्थितिमा स्थानीय देउडा खेल खेली कार्यक्रमको समापन गरिएको थिए ।