केदारस्युँका जनप्रतिनिधिद्धारा एक बर्षे प्रगति विवरण सार्वजनिक

बझाङ – बझाङको केदारस्युँ गाउँपालिकका जनप्रतिनिधिले एक बर्षे कार्यकालको अवधिमा गरेका प्रगति विवरण सार्वजनिक गरेका छन । बुधबार प्रत्रकार सम्मेलनको आयोजना गरी जनप्रतिनिधिहरुले प्रगति विवरण सार्वजनिक गरेका हुन ।

maya metro hospital
raunak fals and silling

पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष गणेश बोहराले जनप्रतिनिधिको एक बर्षे कार्यकालको प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । उनले पालिकाले १ बर्षको अवधिमा चालू र पुजिगत विवरण, सामाजिक विकासको विस्तार, पुर्वाधार विकास, सुशासन तथा कार्यलय संचालनको बिषयमा जानकारी गराएका थिए । उनले १ बर्षको अवधमिा विभिन्न बिषयका २८ वटा ऐन नियमावलीका साथै एक वर्ष भरी १७ वटा कार्यपालिकाका बैठक सम्मन्न गरिसकेको जानकारी दिए ।

joshi vada pasal 2

उनले पालिकाको शिक्षा क्षेत्रमा गरिएको सुधार साथै स्वास्थ्य, भौतिक पुर्वाधार, उद्योग विकास, कृर्षि, महिला तथा बालबालिका, विपदको अबस्था र आन्तरिक राजश्वको अवस्था, न्यायिक समितिको अबस्था, जिन्सी शाखा लगाएतका पालिकाले गरेका महत्त्वपूर्ण कार्यहरुको बारेमा जानकारी दिए ।

पत्रकार सम्मेलनमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, जनप्रतिनिधि र पालिकाका कर्मचारीहरूको सहभागीता रहेको थियो । जनप्रतिनिधिहरूको एक बर्षे कार्यकालको उपलब्धि सम्बन्धि पत्रकार सम्मेलनको अभ्यास केदारस्युँ गाउँपालिकका यस बर्ष पहिलो पटक गरिएको हो ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.