दार्चुलाबाट सुत्केरी र शिशुको उद्धार

दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिका ६ उकुकी सुत्केरी महिला र शिशुको हेलिकोप्टरबाट उद्धार गरिएको छ । २७ वर्षीया पुष्पा महराको थप उपचारका लागि मंगलबार बिहान नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको हो ।

maya metro hospital
raunak fals and silling

आइतबार गाउँकै स्वाथ्य चौकीमा महराले शिशु जन्माएकी थिइन् । सात महिनामै जन्मिएको उक्त शिशुको श्वासप्रश्वासमा समस्या देखिएकाले सोमबार आमा र बच्चालाई जिल्ला अस्पताल दार्चुला ल्याइएको थियो ।

joshi vada pasal 2

जिल्ला अस्पतालमा पनि बच्चाको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि हेलिकोप्टरबाट उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए । महराको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार भएको जिल्ला प्रशासनले जनाएको छ ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.