बैतडी – बैतडीमा १० शैय्याको अस्पताल शिलान्यास गरिएको छ । शिवनाथ गाउँपालिकामा – ६ मा १० शैय्या आधारभूत अस्पतालको शिलान्यास गरिएको हो । अस्पतालको एक कार्यक्रमबीच शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले शिलान्यास गरेका थिए ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुदानबाट कूल ७ करोड ३ लाख ७४ हजार २ सय ४९ रुपैयाँको लागतमा अस्पताल निर्माण भैरहेको हो ।

अस्पताल भवन निर्माणको जिम्मा एस मित्र जेभी निर्माण कम्पनीले पाएको र १ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । अस्पतालको शिलान्यास गर्दै अध्यक्ष सांउदले नागरिकको स्वास्थ्यप्रति पालिका गम्भीर रहेको बताए ।
अध्यक्ष सांउदले अस्पताल निर्माण पश्चात यसको पूर्वाधारका लागि पनि आफूहरूले पहल गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।
