खाेज्नुहाेस

खप्तडमा अन्तराष्ट्रिय अध्यात्मिक सम्मेलन हुने

Image

धनगढी – खप्तडमा प्रथम अन्तराष्ट्रिय अध्यात्मिक सम्मेलन आयोजना हुने भएको छ । यही जेठ २३ देखि २५ गतेसम्म सम्म खप्तडमा अन्तराष्ट्रिय अध्यात्मिक सम्मेलन हुन लागेको हो ।

navjiwan hospital

सम्मेलनका लागि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहको संयोजकत्वमा ४०१ सदस्यीय आयोजक मुल आयोजक समारोह समिति गठन गरिएको छ ।

attariya hospital

समितिमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने संघीय संसदका सांसदहरु, प्रदेश सरकारका मन्त्री, सांसदहरु, पूर्व सांसदहरु, सुरक्षा निकाय, ८८ वटै स्थानीय तहका प्रमुखहरु, सञ्चार क्षेत्र, पर्यटन, संस्कृति, कला साहित्य लगायत नीजि क्षेत्रबाट नेतृत्व गर्ने संस्थाका प्रतिनिधिहरु आयोजक मुल समारोह समितिमा रहेका छन् ।

सम्मेलनमा प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरु, मन्त्रीहरु, संघीय संसदका सांसदहरु, बाबा रामदेव, आचार्य बालकृष्णलगायत अन्तराष्ट्रिय तहका अध्यात्मिक क्षेत्रका प्रतिष्ठित ब्यक्तिहरु सहभागी हुने जनाइएको छ ।