खाेज्नुहाेस

तीन लाख भारतीयद्धारा सिद्धनाथको दर्शन

Image

कञ्चनपुर – यस वर्ष एक महिनाको अवधिमा करिब तीन लाख भारतीय दर्शनार्थीले सिद्धनाथ बाबाको दर्शन गरेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका –९ र ४ मा सिद्धबाबा मन्दिर छ ।

navjiwan hospital

सिद्धनाथ बाबाको दर्शन गर्न बाह्रै महिना भक्तजन आउने भए पनि फागु पूर्णिमादेखि वैशाख पूर्णिमासम्म पूर्णागिरि मेला लाग्ने गर्छ। सोही मौकामा भारतबाट दर्शन गर्न आउनेको भिड लागेको हो।

attariya hospital

२०७६ सालको कोरोनापछि पहिलो पटक यति ठुलो सङ्ख्यामा भक्तजन आएका हुन् । अझै पुरानो अवस्थामा भक्तजन आउन नसकेको सिद्धनाथ मन्दिर
विकास समिति महेन्द्रनगरका महासचिव पुष्करराज उप्रेतीले बताए । उनले भने “कोरोनाभन्दा पहिला आठरदस लाख दर्शनार्थी आउथे । यो सङ्ख्या पहिलेको भन्दा कम हो, कोरोनाको चौथो लहरको हल्लाले केही असर परेको देखिन्छ ।”

भारतको उत्तराखण्ड टनकपुरदेखि १७ किलोमिटर उत्तर पहाडमा रहेको पूर्णागिरि माताको दर्शनपछि सिद्धनाथ बाबाको दर्शन गरेमा मात्र पूजा पूरा हुने मान्यता छ । यसकारण पूर्णागिरि माताको दर्शन गर्ने दर्शनार्थी ब्रह्मदेवमा र महेन्द्रनगरमा रहेको सिद्धनाथ बाबाको दर्शन गर्न आउने गर्छन् ।