झाडापखालाका कारण डडेल्धुरामा एक बालिकाको मृत्यु

डडेल्धुरा – झाडापाखालाका कारण डडेल्धुरामा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका–८ गुप्तेगडाकी १४ वर्षीया संगिता धामीको झाडापखालाका कारण मंगलबार साँझ मृत्यु भएको हो । केही दिनअघि बिरामी परेकी उनलाई मंगलबार नै जोगबुढा अस्पताल पु¥याइएको थियो ।

maya metro hospital

शरिरमा पानीको मात्रा निकै कम भएको अवस्थामा संगितालाई थप उपचारका लागि धनगढी रेफर गरिएको थियो । तर उनको बाटोमै मृत्यु भएको हो । मृतकका आफन्तले भने अस्पतालले लापरबाही गरेका कारण बालिकाको ज्यान गएको भन्दै बिरोध गरिरहेका छन् ।

यस्तै सोही गाउँका अन्य ३ जना समेत झाडापखालाका कारण अस्पताल भर्ना भएका छन् । संगितासहित एकै परिवारका ५ जना मंगलबार उपचारका लागि जोगबुडा अस्पताल पुगेका थिए ।

attariya hospital

गुप्तेगडामा झाडापखाला संक्रमण फैलिएको खबर पाएपछि जोगबुडा अस्पतालबाट स्वास्थ्यकर्मीको टोली उक्त क्षेत्रमा खटिएको परशुराम नगरपालिकाको स्वास्थ्य शाखा संयोजक तेजबहादुर सिंहले बताए । साथै उक्त क्षेत्रमा हैजा फैलिएको आशंकामा स्वास्थ कार्यालय डडेल्धुराबाट थप चेकजाँचका लागि स्वास्थ्यकर्मिको टोली खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.