बझाङमा हिमपहिरोमा परी बेपत्ता भएकी महिलाको शव भेटियो

बझाङ – बझाङमा हिमपहिरोमा बेपत्ता भएकी महिलाको शव फेला परेको छ । सुर्मा गाउँपालिका– १ देवडी घर भएकी ३३ वर्षीया झल्नादेवी बोहराको शव फेला परेको प्रहरीले जनाएको हो ।

maya metro hospital

यार्सागुम्बा संकलनको लागि पार्थिहिमाल गएको अवस्थामा उनी वैशाख १९ गते हिमपहिरोमा परेर बेपत्ता भएकी थिइन् ।

बेपत्ता भएको दिनदेखि नै स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले निरन्तर खोजिकार्य गरेकोमा सोमबार बिहान मात्रै शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.