बझाङ – बझाङमा जीपको ठक्करबाट २ जना घाइते भएका छन् । शनिबार सदरमुकाम चैन्पुरबाट जयपृथ्बी नगरपालिका – ४ गोलाई तिर जादै गरेको जीपले भिडमुनि भन्ने ठाउमा ठक्कर दिदा जयपृथ्बी नगरपालिका ३ पडेस बस्ने १८ बर्षिया भाबना बिष्ट र ८ बर्षिया आयुष्मा बिष्ट घाइते भएकी हुन् ।
से १ ज १०५३ नम्बरको जीपले ठक्कर दिदाँ घाइते भएकी भाबनाको मुखमा चोट लागेको छ भने आयुष्माको पनि शरिरका बिभिन्न ठाउमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक रमेश अबस्थीले जानकारी दिएका छन ।
घाइते दुवै जनाको जिल्ला अस्पतालमा उपचार भैरहेको छ भने जिप सहित जीप चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।