धनगढी – दार्चुलाको ब्याँस गाउँपालिका – १ बोलिनमा हिमपहिरो गएको छ । मंगलबार दिउँसो २ बजेर ४५ मिनेटमा सो क्षेत्रमा हिमपहिरो गएको हो ।


हिमपहिरोमा परी यार्सागुम्बा टिप्न गएका सर्वसाधारण प्रभावित भएको आशंका गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएपी शैलेन्द्र थापाले जानकारी दिए ।

हिम पहिरो गएको क्षेत्रमा सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरुबाट डीएसपीको कमाण्डमा ३० जनाको टोली खटिएको छ । बोलिनमा यार्सागुम्बा टिप्न ८÷९ जना त्रिपाल टाँगेर बसेका थिए ।
