कैलारीमा स्थानीयको विरोधपछि स्वास्थ्य चौकी भवन निर्माणको काम रोकियो

धनगढी – कैलालीको कैलारी गाउँपालिका–२ स्थित बसौटी स्वास्थ्य चौकी भवन निर्माणको काम रोकिएको छ । ४ कोठे स्वास्थ्य चौकीको भवन बनाउन स्थानीयले विरोध गरेपछि निर्माणको काम रोकिएको हो ।

maya metro hospital

स्थानीयले पालिकाले घोषणा गरे अनुसारको भवन नबनाएका कारण विरोध गरेको जनाएका छन । स्थानीय नवीन बोहराले दुई तले सुविधा सम्पन्न भवन निर्माण गर्ने प्रतिबद्धता गाउँपालिका अध्यक्ष र वडाध्यक्षले गरेको पनि हाल सानो ४ कोठे भवन मात्रै बनाउन थालेपछि विरोध जनाएको बताए । उनले हाल भवन निर्माण गरिएको ठाउँमा पहिले नै ६ कोठे भवन भएपनि त्यो भत्काइएको बताए ।

joshi vada pasal 2
raunak fals and silling

भवन निर्माणका लागि १ करोड ९ लाख रुपैयाँ विनियोजित गरिएको थियो । विवाद हुँदा भवनको जग हाल्ने काम समेत हुन सकेको छैन ।
कैलारी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष विकास चौधरीले आफूहरूले बजेटको आकार मात्रै हेरेर इस्टिमेट बन्नु पूर्व प्राविधिक पक्षलाई ख्याल गर्न नसक्दा केही असहजता पैदा भएको स्वीकार गरे ।

वडाध्यक्ष चौधरीका अनुसार स्वास्थ्य चौकी भवन निर्माणको लागि संघीय सरकारको तराई मधेश कार्यक्रमको ३५ लाख र गाउँपालिकाको ७४ लाख गरी १ करोड ९ लाख विनियोजन भएको हो । भवन निर्माण लागत इस्टिमेट ९१ लाख रहेको छ । तर भवनको टेन्डर ६६ लाखमा स्वीकृत भएको उनले बताए ।

तर गाउँपालिकाले भने टेन्डर बिलो गएपछि बच्ने रकम यसै भवनमा खर्च गर्न नमिल्ने बताउँदै आएको छ । गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले आफू स्वास्थ्य चौकीको भवन निर्माणमा गम्भीर रहेको बताउँदै टेन्डर बिलो गएपछि संघबाट त्यही अनुसार बजेट घटेर आउने तर पालिकाको तर्फबाट भने आउँदो दिनमा बजेट थप गर्ने बताए ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.