बैतडीका २ वडामा औलोको उच्च जोखिम

बैतडी – बैतडीमा पनि औलाको जोखिम बढेको छ । मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकाका दुईओटा वडा औलोको उच्च जोखिममा रहेका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

maya metro hospital

मेलौली नगरपालिका वडा नम्बर ४ र पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ औलोको उच्च जोखिममा रहेका बताइएको छ । ती दुवै वडामा लामखुट्टे नष्ट गर्नका लागि बिषादी छर्किने अभियान जारी रहेको स्वास्थ्य प्रमुख भट्टले बताए ।

जिल्लाको अरु क्षेत्रको तुलानामा तल्लोसोराड क्षेत्रमा औलोको जोखिम बढी रहेको उनले बताए । महाकाली किनारका बस्तीहरुमा औलोको जोखिम रहेको छ । पहाडी क्षेत्रमा पनि लामखुट्टे उक्लिएसंगै औलोको जोखिम बढ्दै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

attariya hospital

मेलौली नगरपालिका ४ का झण्डै २६० र पञ्चेश्वर गाउँपालिका ६ का झण्डै १५० घरधुरीमा बिषादी छर्कने कार्य भइरहेको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन जयसिंह बडालले बताए । लामखुट्टे नष्ट गर्ने अभियान अन्तर्गत बिषादी छर्कने कार्य भइरहेको उनले बताए ।

जिल्लाको अन्य ठाउँ पनि औलोको मध्यम जोखिममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.