कैलाली – सुदूरपश्चिम प्रदेशमा बिहिबार एकै दिन ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार सात सय ८० जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा गरेको परिक्षणमा पोजेटिभ देखिएकामा २८ जना कैलालीका, ३ जना बैतडीका, ४ जना कञ्चनपुर र १ जना दार्चुला जिल्लाका रहेको निर्देशनालयले जनाएको छ ।


















