तटबन्ध निर्माणले वर्षामा राहत हुने विश्वास

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. १० र १२ का स्थानीयलाई वर्षायाममा खोलाले साह्रै सताउने गरेको छ । वडा नं. १० मा रहेको चाक्ले खोला र वडा नं. १२ को टुडेला खोलामा आउने बाढीले घरखेत बगाउन थालेपछि उनिहरु चिन्तामा परेका थिए । गत वर्षको वर्षामा पनि उक्त खोलाहरुले स्थानीयका खेती गर्ने जमिनहरु बगाएर बगर बनाएको छ । तर, यस वर्ष खोलामा तटबन्ध निर्माण हुन थालेपछि स्थानीयमा वर्षामा राहत मिल्ने आशा जागेको छ ।

maya metro hospital

वडा नं. १० का स्थानीय रमेश ताम्राकारले विगतदेखि नै खोलाले सताउने गरेपनि अब भने केही राहत हुन्छ की भन्ने आशा जागेको बताए । ‘करिब ४० सालदेखि नै खोलाले सताउने गरेको छ, त्यतिबेला पुर्वमन्त्री दिर्घराज भाटको पहलमा यहाँ तटबन्ध निर्माण भएर यो बस्ती बाँचेको हो’ उनले भने ‘त्यसपछि यी नदीहरुमा खासै तटबन्धका कार्यक्रमहरु नआउँदा यसले फेरी विनासको जोखिम निम्त्याएको थियो, ढिलै भएपनि यहाँ तटबन्ध निर्माण भैरहेको छ, खुसी लागेको छ ।’ उनले तटबन्ध निर्माणले वडामा रहेको हजारौ विगाहा जमिन कटानको जोखिमबाट बच्ने बताए । उनले विगतका दिनहरुमा नदीको तटबन्धका लागी प्रदेश सरकार तथा स्थानीय सरकारलाई गुहार्दा पनि सुनुवाई नभएको बताए । उनले वर्तमान नगरप्रमुखले जनताको आवश्यकता बुझी यहाँको नागरिकलाई वर्षायाममा नडराई बस्ने वातावरणको सृजना गरेको समेत बताए ।

वडा नं. १० का कार्यवाहक वडाध्यक्ष शेरबहादुर तामाङ्गले तटबन्धका कारण वडाबासीले खुसीको सास फेर्न पाएको बताए । ‘विगतदेखि नै तटबन्धका लागी पहल गरेका थियौ, सुनुवाई हुन सकेको थिएन’ उनले भने ‘अहिले यहाँका वडाबासीको आवश्यकता अनुसार तटबन्ध निमार्ण भैरहेको छ, यसले यहाँका करिब ढाई सय परिवारलाई राहत हुने विश्वास छ ।’ गतवर्ष केही सानो रकम तटबन्धका लागी छुट्याएर थालिएको कामले वर्षायाममा यहाँको बस्ती बचाउन मद्दत पुगेको बताउदै उनले निर्माण भैरहेको तटबन्धले यहाँका ढाई सय बस्ती जोगाउन सहयोग पुग्ने अपेक्षा लिएको बताए ।

attariya hospital

वडा नं. १२ का वडाध्यक्ष भीम बहादुर खड्काले टुडेला खोलाले वडामा रहेको आर्दश बस्तीलाई सबैभन्दा बढी नोक्सान पु¥याउने गरेको बताए । उनले खोलाले वर्षायाममा बस्तीका घर तथा खेती योग्य जमिनहरु बगाउँदा बस्तीबासीहरुको उठिबास लाग्ने अवस्था पुगिसकेको समेत बताए । ‘यो बस्तीका मानिसहरुको खोलाका कारण उठिबास लाग्ने अवस्था आईसकेको थियो’ उनले भने ‘तर अब यो तटबन्धन निर्माण ले खोलाको कटानको जोखिम कम हुने र बस्ती कटानको जोखिम पनि नरहने अपेक्षा हामीहरुले लिएका छौ ।’ उनले निर्माण भैरहेको तटबन्धकै कारण वर्षायाममा वडाबासीहरुलाई राहत हुने पनि बताए । उनले तटबन्धका कारण वडा नं. १०, ११ र १२ का करिब ५ सय धुरी घरपरिवारको सुरक्षा हुने समेत बताए ।

युएसएआईडीको आर्थिक सहयोगमा तयार नेपालले उक्त वडाहरुमा तटबन्ध निर्माणका लागी सम्झौता गरेको छ । वडा नं. १२ को टुडिला खोलामा २१० मिटर र वडा नं. १० को चाक्ले खोलामा १७० मिटर तटबन्ध निर्माणको काम गर्न तयार नेपालले महेन्द्रनगरमा रहेको जोशी विल्डर्स एण्ड कम्पनी प्रा.लिलाई ठेक्का दिएको छ । दुवै वडामा निर्माण भैरहेका तटबन्धहरुको नगरप्रमुख विरेन्द्र भट्टले शिलान्यास गरेका छन । शिलान्यास पश्चात बोल्दै उनले उक्त वडाहरुमा नदी कटानको जोखिम बढी रहेकाले तयार नेपालसँगको सहकार्यमा तटबन्ध निर्माणको काम थालिएको बताए ।

‘यहाँ सबैभन्दा बढी खोलाको जोखिम रहेको छ’ उनले भने ‘वाढीका कारण घरबस्ती नै बग्ने जोखिम रहेकाले तयार नेपालँग सहकार्य गरेर यहाँ तटबन्ध निर्माण गर्न लागिएको हो ।’ उनले नगरमा आर्थिक स्रोत कम हुँदा ठुला योजनाहरु नगरले निर्माण गर्न सक्ने अवस्था नरहेकाले विभिन्न सहयोगी संघसंस्थाहरुमार्फत नगरबासीका आवश्यकताहरु पुरा गरिरहेको बताए । ‘स्थानीय सरकारसँग आर्थिक स्रोत कम छ, त्यसमा पनि विकासका लागी आएको बजेटको झण्डै २५÷३० प्रतिशत फिर्ता गएको छ’ उनले भने ‘यस्तो अवस्थामा तयार नेपालले सहयोग गरेको छ, तयार नेपालका प्रतिनिधिलाई म धन्यवाद दिन चाहन्छु ।’

उनले यसअघि पुर्वमन्त्री दिर्घराज भाटको पालामा ५ करोड बजेट विनियोजन गरेर तटबन्ध निर्माण गरी वडाको बस्ती जोगाउन सफल भएको बताए । उनले तटबन्ध निर्माणका लागी आवश्यक पर्ने कुराहरुमा नगरपालिका पनि अग्रसर रहने बताए । उनले आफुले निर्वाचनका समयमा वडाबासीसँग गरेको प्रतिवद्धता केही हदसम्म पुरा गरिरहेको पनि बताए । ‘निर्वाचनको प्रचारप्रसारका क्रममा यहाँ मैले सबैभन्दा बढी खोलाको जोखिम रहेको र त्यसको तटबन्ध निर्माण गरिदिनुपर्ने आवाज सुनेको थिए’ उनले भने ‘त्यसताका मैले प्रतिबद्धता गरेको थिए, सो प्रतिबद्धता केही हदसम्म आज सफल भएको छ ।’ उनले विगतको जस्तो नभई गुणस्तरिय तटबन्ध निमार्ण हुनुपर्ने भन्दै ठेकेदारलाई निर्देशन समेत दिए ।

तयार नेपालले वडा नं. १० मा रहेको चाक्ले खोला नदीमा १७० मिटर तटबन्ध निमार्णका लागी ९७ लाख ८६ हजार ५ सय ४६ रुपैया विनियोजन गरेको छ भने वडा नं. १२ मा रहेको टुडिला खोलामा २१० मिटर तटबन्ध निर्माणका लागी ८७ लाख २ हजार ४ सय ६० रुपैया विनियोजन भएको छ । वडा नं. १० मा ४ लेयरमा काम गर्नुपर्ने र केही घुमाउरो पनि भएकाले बढी रकम विनियोजीत भएको निर्माण कम्पनिका प्रोजेक्ट मेनेजर टेक प्रसाद ढुंगानाले बताए । उनले वडा नं. १२ मा निर्माण हुने तटबन्ध ३ लेयर को र वडा नं. १० मा निर्माण हुने तटबन्ध ४ लेयरको रहने बताए । दुवै वडाको तटबन्ध निर्माण कार्य २०२३ को जुलाई २ सम्म सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.