अत्तरिया – पछिल्लो समयका निकै चर्चित र व्यस्त गायक चक्र बमको अध्यक्षतामा जन्मथली मञ्च नामक संस्था गठन गरिएको छ । देउडामा फ्युजन मिसाएर चर्चामा आएका चक्र बमले जन्मस्थलको भाषा, कला, संस्कृति, गित, संगितको संरक्षण गर्ने भन्दै जन्मथली मञ्च नामक संस्था गठन गरेका हुन् ।
बमको अध्यक्षतामा गठन गरिएको जन्मथली मञ्चको शनिबार एक कार्यक्रमका बीच सार्वजनीकरण गरिएको छ । अध्यक्ष बमले आफ्नै जन्मभूमि कैलालीको गोदावरी (अत्तरिया) मा जन्मथली मञ्चलाई सार्वजनीक गरेका थिए ।
बमको अध्यक्षतामा गठन गरिएको जन्मथली मञ्चको तदर्थ समितिको उपाध्यक्षमा गायक सुरेश चोखाल र सचिवमा साहित्यकार खेम बतास रहेका छन ।
‘विविधतामा एकता हाम्रो पहिचान, स्थानीय कला र संस्कृति हाम्रो शान’ नारा बोकेको मञ्च आफूहरुले स्वस्फुर्त रुपमा गठन गरेको अध्यक्ष बमले बताएका छन । ‘मैले लामो समय देखि गित गाएपनि मैले समाजका लागि त केही पनि गरेको रहेनछु भन्ने लाग्यो । केहीले देउडालाई राष्ट्रिय, अन्तराष्ट्रिय स्तरमा चिनाए भने, केहीले मलाई देउडा गित विगाडे भने’ उनले भने ‘म अहिले जे जसरी भएपनि देउडा गाएरै काठमाण्डौमा बसेर सर्भाइव गर्ने भएको छु । त्यसैले म अब यही देउडा, कला, संस्कृति, भाषा र जन्मथलीलाई केही योगदान दिने समय आएको छ । त्यसका लागि मञ्चको गठन भएको हो ।’ उनले आफु चलेकै समयमा समाजलाई केही दिन सकु भन्ने उदेश्यले संस्थाको थालनी गरिएको बताए ।
मञ्चका सचिव खेम बतासले कला, संस्कृती साहित्यको संरक्षण गर्नको लागि सामाजिक दायीत्व बहन गर्दै संस्था गठन गरिएको बताए । उनले हाल प्रदेश स्तरीय बनाइएको संस्थालाई भोलिका दिनमा देश, विदेश सम्म विस्तार गरिने बताए ।
जन्मथली मञ्चको शनिबार गोदावरी नगरपालिकाकी उपमेयर सारदा रोकायाको प्रमुख आथित्यमा सार्वजनिकरण गरिएको थियो । कार्यक्रममा बोल्दै उपमेयर रोकायाले पछिल्लो समय गित, संगित कला, साहित्यको क्षेत्रमा विदेशी प्रभाव बढीरहेको अवस्थामा मञ्च गठन गरेर यस क्षेत्रको संस्कृति जोगाउन अग्रसर भएकोमा समितिका पदाधिकारीलाई धन्यावाद ज्ञापन गरीन् । उनले मञ्चमा सुदूरपश्चिमका सबै, भाष, धर्म, क्षेत्रका मानिसलाई समेटेर अगाडी बढ्न आग्रह गरीन् ।
कार्यक्रममा आमन्त्रीत गोदावरी नगरपालिकाका वडाध्यक्ष, यस क्षेत्रका सामाजसेवी, बुद्धिजीवि, कलाप्रेमी, साहित्यकार, पत्रकार र राजनीतिकर्मीहरु संगै मञ्चलाई कसरी अगाडी बढाउन सकिन्छ भनेर सुझाव पनि संकलन गरिएको थियो ।
उक्त मञ्चले स्थानीय कला, संस्कृति जगेर्ना गर्ने उद्देश्उयका साथ नयाँ बर्षको अवसरमा पहिलो कार्यक्रम गर्ने जनाएको छ । जसका लागि अत्तरियामै सांगितिक कार्यक्रम गरिने जनाइएको छ । जसका लागि क्युरेक्स डान्स एकेडमीसंग सहकार्य गरेर कार्यक्रम गरीने अध्यक्ष बमले बताएका छन ।
भिडियो