खाेज्नुहाेस

धनगढीमा प्रदेशस्तरीय एकल लोक गायन प्रतियोगिता हुने

Image

धनगढी – धनगढीमा सुदुरपश्चिममा प्रदेशस्तरीय एकल लोक गायन प्रतियोगिता हुने भएको छ । राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान सुदुरपश्चिम प्रदेश र प्रदेशको सामाजिक बिकास मन्त्रालयकोे समन्वय तथा उद्योग पर्यटन वन तथा बातावरण मन्त्रालयको सहयोगमा धनगढीमा चैत्र ४ गते प्रदेशस्तरीय एकल लोक गायन प्रतियोगिता हुने भएको हो ।

navjiwan hospital

नव प्रतिभाको पहिचान, लोक संस्कृती संरक्षणका लागी हाम्रो अभियान भन्ने नारा सहित प्रदेशभरीकै लोककला संरक्षण र पर्यटन प्रबद्र्धन गर्न प्रदेशस्तरीय एकल लोक गायन प्रतियोगिता आयोजना गर्न लागीएको बुधबार पत्रकार सम्बेलन मार्फत जानकारी गराइएको हो । चैत्र ४ गते दिउँसो १२ बजे देखी कैलाली जनपुस्तकालयको हलमा उक्त प्रतियोगिता हुने राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपाल सुदुरपश्चिम प्रदेश अध्यक्ष पुर्ण प्रसाद भाटले बताए।

attariya hospital

प्रदेशस्तरीय एकल लोक गायन प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार नगद, ट्रफी र प्रमाणपत्र दिइने जनाइएको छ । यस्तै दितीयलाई २० हजार नगद, ट्रफी र प्रमाणपत्र, तृतियलाई १५ हजार नगद, ट्रफी र प्रमाणपत्र तथा सान्तोनालाई १० हजार नगद, ट्रफी र प्रमाणपत्र दिइने आयोजकले बताएको छ ।