नयाँ राष्ट्रपतिका लागि मतदान सुरु

नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदान जारी छ । मतदानका लागि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ ।

maya metro hospital

दुई केन्द्रबाट मतदान भइरहेको छ । एउटा मतदान केन्द्रमा संघीय सांसद र अर्कोमा प्रदेश सांसदले मत खसाल्दै छन् । राष्ट्रपति निर्वाचनमा प्रत्येक प्रदेश सांसदको ४८ र संघीय सांसदको ७९ मतभार गणना हुन्छ ।

joshi vada pasal 2

राष्ट्रपति निर्वाचनको अन्तिम नामावलीअनुसार १४ राजनीतिक दलका सहित स्वतन्त्र र मनोनीत सांसदहरू मतदाता रहेका छन् ।
नयाँ राष्ट्रपतिका लागि आठदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् ।

मतदान सकिएलगत्तै सर्वपक्षीय बैठक बसेर गणना सुरु गरिने निर्वाचन आयोगले जनाएको छ । आजै बेलुका ७ बजेसम्ममा नतिजा सार्वजनिक गर्ने तयारी रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

“३ बजेसम्म मतदानको समय तोकिएको छ । मतदान सकिएलगत्तै सर्वपक्षीय बैठक बसेर मतगणना सुरु हुन्छ,” उनले भने, “७ बजेभित्र नतिजा आइसक्छ ।”

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.