प्रतिनिधिसभाको बैठक राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि बस्ने

काठमाण्डौ – प्रतिनिधिसभाको बैठक अब राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पछि मात्रै बस्ने भएको छ । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक चैत ५ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

maya metro hospital

नेपाली कांग्रेस र नेकपा एमाले दुवैले प्रमुख प्रतिपक्षीको बेञ्चमा बस्न खोजेपछि प्रतिनिधि सभा बैठक सरेको हो । संसद् सचिवालय स्रोतका अनुसार सरकारमा नजाँदासम्म कांग्रेसले प्रतिपक्षमा बस्ने जनाएको छ । सरकारबाट हट्नुका साथै समर्थन फिर्ता लिएपछि एमाले स्वतः प्रतिपक्षमा पुगेको नेकपा एमालेका सचिव योगश भट्टराई बताउँछन । उनले भने, ‘हामीले समर्थन फिर्ता लिएका छौं र सरकारबाट बाहिरिएका छौं । हामी स्वतः यो सरकारको प्रतिपक्ष भइसक्यौं ।

joshi vada pasal 2

राष्ट्रपतिको निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको चैत ३ मा हुँदैछ । अब राष्ट्रपति र उपराष्ट्रपति चयन भएपछि मात्रै बस्ने गरी प्रतिनिधिसभा बैठक बोलाइएको हो । यो बीचमा मन्त्रिपरिषद् विस्तार हुने सम्भावना छैन । मन्त्रिपरिषद् विस्तारपछि मात्रै प्रतिपक्षबाट हट्ने अडान कांग्रेसले लिएपछि प्रतिनिधि सभा १८ दिनपछि मात्रै बस्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.