अत्तरियामा सम्पन्न प्रदेश स्तरिय खुल्ला महिला लोक नृत्य प्रतियोगिताको उपाधी लक्ष्मीलाई

अत्तरिया – कैलालीको अत्तरियामा सम्पन्न प्रदेश स्तरिय खुल्ला महिला लोक नृत्य प्रतियोगिताको उपाधी कैलालीकी लक्ष्मी बिसीले पाएकी छिन ।

maya metro hospital

राष्ट्रिय लोक सास्कृतिक प्रतिष्ठान नेपाल केन्द्रिय समिति अत्तरियाको आयोजना र सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको प्रवर्धनमा भएको प्रतियोगितामा प्रदेशका ९ जिल्लाका प्रतिस्पर्धिलाई पछाडी पार्दै लक्ष्मीले उपाधी हात पारेकी हुन ।

joshi vada pasal 2

उपाधी हात पारेकी लक्ष्मीले नगद २५ हजार हात परेकी छिन । यस्तै प्रतियोगितामा बझाङकी मनिष सिह दोस्रो भएकी छिन । उनले नगद १५ हजार पाएकी छिन । प्रतियोगितामा प्रीयकां कुवँर तृतिय र गंगा मगरले सान्तवना स्थान हात पारेकी छिन । उनीहरुले क्रमसः १० हजार र ५ हजार पाएका छन ।

शनिबार प्रदेश सभा उपसभामुख कोइली देवी चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य प्रकाश बम, खेमा देवी बिष्ट लगायतको सहभागिता रहेको थियो ।

प्रतियोगिताको निर्णयकमा कुलमान नेपाली खगेन्द्र नेपाल र केजी कलौनी रहेका थिए । प्रतियोगिता माघ शुक्रबार देखि सुरु भएको थियो । प्रतियोगिताको व्यवस्थापनको जिम्मेवारी थ्रिडिभिएल क्रियसनले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.