कञ्चनपुर – नेपाली कविताको इतिहासमा पहिलोपटक आयोजना भएको कविता रियालिटि सो ‘द पोइट आइडल’ मा कंचनपुरकी पिंकी बोहरा अन्तिम १२ मा पुगेकी छिन । प्रतिस्पर्धात्मक कविता रियालिटि सो मा पिंकी अन्तिम १२ को पुगेकी हुन् ।
‘द पोइट आइडल’ मा १५०० बढी डिजिटल अडिसनबाट १७५ छनोट भएक थिए । त्यसपछि ९० हुँदै उत्कृष्ट १४ जना कवि छानिएका थिए । त्यसपछि उत्कृष्ट १३ हुँदै उत्कृष्ट १२ सम्म पिँकी बोहराले आफ्नो स्थान सुरक्षित गरेकी छन् । ए र बी समूह गरि विभाजित आइडलमा पिंकी समुह ए मा रहेकी छन् ।
बोहरा सामान्य विषयवस्तु तर अत्यन्तै चोटिलो तवरले प्रस्तुत गर्ने गर्दछिन । कंचनपुरको महेन्द्रनगरमा रहेको सुदूरपश्चिम विश्वविद्यालयमा व्यवस्थापन संकायमा स्नातकोत्तर तहमा अध्ययनरत छिन् ।
पिंकी कवि मात्र नभएर पुर्व महिला कृकेटर पनि हुन । उनले जिल्ला, क्षेत्र हुँदै राष्ट्रिय कृकेट प्रतियोगितामा समेत सहभागिता जनाइसकेकी छन् ।