गड्डाचौकीबाट भित्रिने पर्यटक घटे

महेन्द्रनगर – कञ्चनपुरको गड्डाचौकी नाका भएर भित्रिने तेस्रो मुलुकका पर्यटकको आवागमन न्यून हँुदै गएको छ । भारत हुँदै गड्डाचौकी नाकाबाट बर्दिया, पोखरालगायतका स्थानमा भ्रमणका लागि आउने तेस्रो मुलुकका पर्यटकको संख्या कम हुँदै गएको गड्डाचौकीस्थित अध्यागमन कार्यालयले जनाएको छ ।

maya metro hospital

केही वर्षअघिसम्म वार्षिक तीन हजारदेखि ३ हजार ३ सयसम्म अमेरिका, बेलायत, जर्मनी, इटलीलगायत तेस्रो मुलुकका पर्यटक यस नाकाबाट प्रवेश गर्ने गर्दथे । कोरोना संक्रमणका बेला भारतले यहाँबाट तेस्रो मुलुकका पर्यटकलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएपछि नेपालमा पनि पर्यटकको चहलपहल घटेको कार्यालय प्रमुख पदमराज भट्टले जानकारी दिए । भारतले सन् २०२१ को डिसेम्बरदेखि प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।

citizen security services

भारतले आवागमनमा रोक लगाएयता नेपाल आउने तेस्रो मुलुकका पर्यटकको संख्यामा गिरावट आएको उनले बताए । ‘पहिले दैनिक १५÷२० पर्यटक आउने गरेकामा अहिले त्यो संख्या घटेर दुई/तीन जनामा सीमित भएको छ’ उनले भने । भारत भ्रमणमा रहेका पर्यटक भिसा नवीकरणका लागि पनि यो नाका हुँदै नेपाल घुम्न आउने गरेको प्रमुख भट्टको भनाइ रहेको छ । गड्डाचौकीमा पर्यटक बोर्डको कार्यालय स्थापना गरी त्यहाँबाट भित्रिने पर्यटकलाई स्थानीय पर्यटकीय गन्तव्यबारे जानकारी दिने गरिएको थियो । तर केही वर्षयता उक्त कार्यालय बन्द भएपछि सुदूरपश्चिममा पर्यटकीय गतिविधि बढाउनेतर्फ कसैले ध्यान नदिएको उनले गुनासो गरे ।

attariya hospital

गड्डाचौकी नाकाको केही दूरीमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, एशियाकै लामो दोधारा चादँनी झोलुङ्गे पुल, झिलमिला ताललगायत धार्मिक पर्यटकीय गन्तव्य भए पनि पर्यटकलाई जानकारी गराउने कुनै निकाय नहुदा पर्यटकको चहलपहल घटेको मझगाउँस्थित राना थारु सामुदायिक होमस्टेका सचिव चेतराम रानाले बताए ।

उनले सुदूरपश्चिम प्रदेश सरकारले भारतीय पर्यटन व्यवसायीसँग समन्वय गरेर तेस्रो मुलुकका पर्यटकलाई नेपाल–भारत भ्रमण गराउने योजना ल्याउनुपर्नेमा जोड दिए । धार्मिक पर्यटनका दृष्टिकोणले पनि लाखौँं भारतीय पर्यटकलाई यहाँ ल्याउन सक्ने सम्भावना भएपनि सम्बन्धित निकायले कुनै पहल नगरेको उनको भनाई रहेको छ । रासस

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.