कला, संस्कृतिको जगेर्ना गर्न महोत्सव

भजनी – सुदूरपश्चिम प्रदेश कला र संस्कृतिमा धनी छ । यहाँको कला, संस्कृतिको जगेर्नाका लागि प्रदेशका विभिन्न क्षेत्रमा सांस्कृतिक मेला महोत्सव आयोजना गरिँदै आएका छन् । स्थानीय कला, संस्कृति जोगाउन महोत्सवबाट मद्दत पुगेको छ । कला, संस्कृति जगेर्ना गर्न विगत लामो समयदेखि स्थानीयस्तरमा महोत्सव आयोजना गरिँदै आएका र मौलिकता हराउँदै गएको अवस्थामा यसबाट मद्दत पुगेको भजनीका तपेन्द्र कुँवरले बताए । यहाँ आयोजना गरिने महोत्सवमा स्थानीय प्रतिभाले स्थान पाउने गरेका छन् ।

maya metro hospital

देउडा, न्याउल्या, हुड्के, सखियालगायत नाचले महोत्सवमा प्राथमिकता पाउँदै आएको छ । महोत्सवमा प्रस्तुत हुने गरेका पञ्चेबाजा, हुड्के नाच, देउडा, न्याउलेलगायतका नाचले विगतलाई सम्झाउने टीकापुर महोत्सव अवलोकन गर्न आएका टीकापुर नगरपालिका–१ का प्रेमबहादुर बोगटीले बताए । ‘मलाई अझै सम्झना छ, मेरो विवाहमा हुड्के नाचले सबैको ध्यान आकर्षित गरेको थियो’ उनले भने ।

joshi vada pasal 2

बोगटीको विवाह अछाममा भएको थियो । ‘तराई झरेपछि हुड्के नाच देख्न मुश्किल भएको थियो, बल्ल यहाँ आएर हेर्न पाइयो’ उनले भने । करिब ४० वर्षपछि हुड्केली नाच हेर्न पाएको भन्दै बोगटीले खुसी व्यक्त गरे । मेला महोत्सवमा छाडा प्रवृत्ति भित्रिने गरेकोप्रति आयोजक सचेत हुनुपर्ने उनको भनाई रहेको छ ।

टीकापुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष रामबहादुर भण्डारीले टीकापुर महोत्सवले कला संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पु-याउँदै आएको बताए । स्थानीय कला, संस्कृतिलाई महत्व दिँदै यहाँका प्रतिभालाई स्थान दिने गरेको उनले बताए । ‘महोत्सव मुनाफा कमाउनका लागि मात्र होइन । यो स्थानीय कला, संस्कृति जोगाउनका लागि पनि हो’ भण्डारीले भने ‘कला र संस्कृति हाम्रा पहिचान हुन । यसमा गौरव गर्नुपर्छ ।’

कला, संस्कृति संरक्षणमा टीकापुर महोत्सवले इँटा थपेको संघका महासचिव नवराज रिमाल बताए । विवाह, व्रतबन्ध तथा शुभकार्यमा हुड्के नाच प्रस्तुत गरिँदै आएको छ । आधुनिकतासँगै यो नाच लोप हुने अवस्थामा छ । टीकापुर डान्स एकेडेमीका सञ्चालक टीकाराम परियार स्वर्गीय पिता गगनसिंह हुड्केको सम्झनामा हुड्के नाच प्रस्तुत गर्दैआएको बताउँछन । गगनसिंह हुड्के नाचका लागि प्रख्यात छन । रासस

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.