लामितालमा बोटिङ्ग गर्नेको भिड

अत्तरिया – कैलालीको अत्तरियामा संचालित सुदूरपश्चिम प्रादेशिक महोत्सवमा संचालन गरिएको बोटिङ्ग गर्नेको भिड लाग्ने गरेको छ । महोत्सव परिसरमा रहेको लामितालमा संचालन गरिएको बोटिङ्गमा रमाउन आउनेको भिड लाग्ने गरेको हो ।

maya metro hospital

अत्तरिया उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्सवमा सेती कर्णाली ¥याफ्टिङ एडभेन्चर प्रालिलाई बोटिङ्ग संचालनको जिम्मेवारी दिइएको छ । बोटिङ्ग संचालन गरिरहेका विष्णु प्रसाद जैशीले दिउँसो र साझको समयमा ¥याफ्टिङ गर्नेको भिड व्यवस्थापन गर्नै समस्या हुने गरको बताए । उनले लामितालमा बोटिङ्ग लागि ३ वटा डुगांको व्यवस्था गरिएको बताए । जसमा एक पटकमा ५० जना सम्मले बोटिङ्ग गर्न सक्छन् ।

joshi vada pasal 2

संचालक जैशीले आइतबार मात्रै ५ सय भन्दा बढीलाई बोटिङ्ग गराएको बताए । उनले महोत्सव अवधिमा डुंगा संचालन गरेर हालसम्म डेढ लाख आम्दानी भएको बताए । डुगां संचालन गरेवाफत उनले कल आम्दानीको २० प्रतिशत ताल संचालनकालाई तिर्ने सम्झौता भएको उनले बताए ।

गोदावरी नगरपालिका – १ का विवेक भट्टले बोटिङ्गले महोत्सवमा रौनक थपेको बताए । उनले महोत्सव अवधिमा आफूले २ दिन बोटिङ्ग गरेको बताए । ‘बोटिङ्ग गर्दा निकै आनन्द आउन्छ’ उनले भने ‘यसलाई नियमित संचालन गर्न सके यस क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने छ ।’

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.