अत्तरियामा जारी महोत्सवमा आज टंक तिमिल्सेना र अर्जुन कौशलले प्रस्तुती राख्ने

अत्तरिया – कैलालीको अतरियामा बुधबारदेखि सुरु भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज गायकद्धय टंक तिमिल्सेना र अर्जुन कौशलले प्रस्तुती राख्ने भएका छन् । अत्तरिया उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्सवमा गायकद्धय तिमिल्सेना र कौशल संगै स्थानीय कलाकारको पनि प्रस्तुती रहने संघका महासचिव यज्ञराज जोशीले बताएका छन् ।

maya metro hospital
raunak fals and silling

महोत्सवको बुधबार एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका थिए । महोत्सवको आकर्षणका रुपमा लामितालको डुङ्गा पनि रहेको छ । महोत्सवमा १५० वटा स्टल रहेका छन ।

joshi vada pasal 2

माघ ९ गतेसम्म संचालन हुने महोत्सव हेर्नका लागि सर्वसाधारणका लागि ८० र विद्यार्थीहरुका लागि ५० रुपैयाँ टिकट कायम गरिएको छ । महोत्सवमा शारिरिक अपाङ्गता र जेष्ठ नागरिक तथा एकल महिलालाई भने निःशुल्क गरिएको छ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.