अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. १ की रुक्मणी नेगी अपांग छन । उनि जन्मेको तिन महिनामै खुट्टा जल्दा अपांग बन्न पुगिन । तर उनि अहिले अत्तरियामै रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा बिएड तेस्रो वर्षमा अध्ययनरत छन । पछिल्लो समय उनले अपांगता भएका व्यक्तिहरुका लागी सञ्चालीत शैक्षिक सहयोग परियोजना अन्र्तगत मासिक रुपमा पढाईलाई निरन्तरता दिन छात्रवृत्ति पाईरहेकी छन ।

भदौ महिनादेखी छात्रवृत्ति पाईरहेकी उनले शुक्रबार एक कार्यक्रममा खुशी व्यक्त गर्दे परिलक्षितलाई धन्यवाद ज्ञापन गरिन् । ‘आर्थिक अवस्था कमजोर बनेका कारण विद्युत नहुँदा दिदिबहीनिहरुले टुकीको सहाराले अध्ययन गर्दै गर्दा ओछ्यानमा लागेको आगोले खुट्टा जलेर अपांग बनेकी थिए’ उनले भनिन् ‘विपन्न वर्गको किसानको छोरी राम्रो सँग पढ्न पनि गाह्रो हुँदालाग्थ्यो अपांगता भएका व्यक्तिका लागी कोही छैनन्, तर परिलक्षितको शैक्षिक सहयोग परियोजनाले राहत पु¥याएको छ । परिलक्षितलाई धन्यवाद दिन चाहन्छु ।’

उनले परिलक्षितको शैक्षिक सहयोग परियोजनाकै कारण आफुलाई पढ्नमा हौसला मिलेको बताईन् । उनले अपांगता भएका व्यक्तिका लागी परीलक्षित संस्थाले निस्वार्थ रुपमा एकदमै राम्रो काम गरेको बताईन् । उनले परिलक्षित संस्था अपांगता भएका व्यक्तिहरुको शैक्षिक यात्रामा सहयात्री बनेको बताईन् । यसैगरी धनगढीमा रहेको त्रिनगर माध्यमिक विद्यालयमा ईन्टर पहिलो वर्षमा अध्ययनरत लोकेश भण्डारीले परिलक्षित संस्था अपांगता भएका व्यक्तिको अभिभावक बनेर आएको बताए । उनले अपांगता भएका व्यक्तिलाई परिलक्षितले सुनौलो अवसर दिएको बताउदै त्यसको सहयोगले भविष्यमा अगाडी बढ्ने आँट पलाएको बताए ।
सोही परियोजना अन्र्तगत नै सिलाईकटाई सिकिरहेकी धनगढी उपमहानगरपालिका वडा नं. १ की हिरा नाथले परिलक्षितको उक्त परियोजनाले अगाडी बढ्न र आफ्नै खुट्टामा उभिन सिकाएको बताईन् । ‘पहिला लाग्थ्यो हाम्लाई सहयोग गर्ने कोही छैनन्, हामी केही गर्न सक्दैनौ’ उनले भनिन् ‘तर अब लाग्छ म पनि केही गर्न सक्छु, आफ्नो जिवन गुजारा गर्न सक्छु ।
मलाई यो हौसला दिने परिलक्षितलाई धन्यवाद दिन चाहन्छ ।’ उनले परिलक्षितको सहयोगले सिलाईकटाई सिक्दा नै आफुलाई आफु पनि कसैभन्दा कम नरहेको भन्ने आट आएको बताईन् । यस्तै गरी सिलाईकटाई नै सिकिरहेकी धनगढीकी मिना भण्डारीले परिलक्षितको परियोजनाले आफुले परिवारको जिविकोपार्जन गर्ने माध्यम पाएको बताईन् ।
‘घरमा आयआर्जन गर्ने श्रीमान हुनुहुन्थ्यो, उहाँ पनि एक दुर्घटनामा अपांग बन्नुभयो । श्रीमान बहिरो पनि हुनुहुन्छ । घरमा छोरी र छोरा छन । छोरी पनि बहिरी छ’ बहिरो अपांगता भएकी उनले दोभाषेको सहारामा भनिन् ‘परिवारको जिम्मेवारी मेरो काँधमा छ, परिवारको लालनपालनका लागी समस्या भैरहेका बेला परिलक्षितले सिलाईकटाई सिकाएको छ, अब यसैलाई जिविकोपार्जनको माध्यम बनाउन सक्छु । आगामी दिनमा अझै माथिल्लो तहको सिप पाए सिलाईकटाईलाई व्यवसायकि रुपमा अगाडी बढाउन सहज हुन्थ्यो ।’

परियोजनाले कैलालीका धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र गौरीगंगा नगरपालिकामा काम गरिरहेको छ । परियोजनाका कैलाली अधिकृत हरी जोशीले अपांगता भएका व्यक्तिहरुको शैक्षिक, आर्थिक र सामाजिक अवस्थाको सुदृढिकरणका लागी परियोजनाले विभिन्न क्रियाकलापहरु सञ्चालन गरिरहेको बताए । उनले विभिन्न तहमा पढाई गरिरहेका अपांगता भएका विद्यार्थीहरुको आर्थिक अवस्था हेरि उनिहरुलाई छात्रवृत्तिवाफत पढाई शुल्कका रुपमा मासिक ५ हजार परियोजनाले उपलब्ध गराउदै आएको बताए ।
उनले त्यस्ता विद्यार्थीहरुलाई मासिक ५ हजार पढाई शुल्क वाफत र वर्षमा एक चोटी ५ हजार स्टेशनरी शुल्क वाफत प्रदान गरिने बताए । उनले प्राविधिक विषय पढिरहेका विद्यार्थीहरुको भने माथि उल्लेखित रकमका साथै मासिक फि समेत परियोजनाले तिर्ने बताए ।
२०२२ मा सञ्चालित उक्त परियोजनाले तिन पाटोमा काम गरिरहेको उनले बताए । ‘अहिले परियोजनाले तिन पाटोमा काम गरिरहेको छ, जसमा छात्रवृत्ति, सिपविकास र आयआर्जन छन’ उनले भने ‘त्यसमा कैलालीका तिन ओटै पालिकाहरुका अपांगता भएका व्यक्तिहरु समावेश छन ।’
उनले तिन पाटोमध्ये छात्रवृत्ति तर्फ २९ जना, सिपविकास तर्फ १६ जना र आयआर्जन तर्फ ६ जनाले सेवा पाएका छन । त्यसका साथै विभिन्न तयारी कक्षाहरु लिईरहेका ८ जनालाई पनि परियोजनाले सेवा दिदै आएको उनले बताए । उनले सिपविकास तालिम प्राप्त गरि आफ्नै व्यवसाय सञ्चालन गर्न चाहने मानिसलाई परियोजनाले केही थप सहयोग गर्दै आएको समेत उनले बताए ।
४ वर्षेका रुपमा सञ्चालन भईरहेको परियोजना सन २०२५ सम्म सञ्चालन हुने समेत उनले बताए । उनका अनुसार परिलक्षितको शैक्षिक सहयोग परियोजनामा सन २००६ देखी २०२१ सम्ममा नेपाल भरीका ४ सय जना विद्यार्थीहरुले विद्यालयदेखी कलेज तहसम्मको अध्ययन पुरा गरिसकेका छन ।
२०५८ सालमा विधिवत रुपमा स्थापना भएको परिलक्षित संस्थाले निःसन्देश रुपमा अपांगता भएका व्यक्तिहरुको हक अधिकार सुनिश्चित गर्नका लागी र उनिहरुको सशक्तिकरणका लागी विभिन्न क्षेत्रसँग तथा आफ्नो प्रयासमा विभिन्न दातृनिकायहरुसँग सम्झौता गरेर कार्यक्रमहरु कार्यान्वयन गरिरहेको उनले बताए ।
