सुदूरपश्चिम प्रदेशसभामा फर्निचर फेरिँदै

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको गोदावरीमा स्थायी राजधानी तोके पनि संरचना निर्माण नभएका कारण दोस्रो कार्यकालका लागि निर्वाचित भएका प्रदेशसभा सदस्यहरुले पनि धनगढीमै शपथ ग्रहण गर्ने भएका छन् ।

maya metro hospital
raunak fals and silling

५ वर्षअघि धनगढीस्थित जिल्ला समन्वय समितिको सभाहललाई प्रदेशसभाको रुपमा प्रयोग गर्दै आइरहेकाले ४ मंसिरको निर्वाचनबाट निर्वाचित प्रदेशसभा सदस्यहरुले पनि अब यसै भवनमा शपथ लिनेछन् । प्रदेशसभाका बैठकहरु पनि यहीँ सञ्चालन हुनेछ । प्रदेशसभा सचिवालयका अनुसार नवनिर्वाचित सांसदहरुको स्वागतमा पर्खिरहेको प्रदेशसभा भवनलाई चिटिक्क पार्ने काम भइरहेको छ ।

joshi vada pasal 2

सचिवालयले युएनडीपीको संसद सहयोग परियोजना अन्तर्गत प्रदेशसभा भवनमा विद्युतीय उपकरण र फर्निचर लगायतका सामग्री फेरेर नयाँ राखेको जनाएको छ । सूचना अधिकारी युवराज जैशीले युएनडीपीको संसद सहयोग परियोजना अन्तरगत करीब २० लाख रुपैयाँ लागतमा विद्युतीय उपकरण माइक, स्पीकर, मिक्सर लगायतका सामान फेरिएको बताए ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.