खाेज्नुहाेस

सुदूरपश्चिम विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु

Image

कञ्चनपुर – सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । सुदूरपश्चिम प्रदेशको सभ्यता, नवप्रवर्द्धन र रूपान्तरणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सोमबार देखि सुरु भएको हो ।

navjiwan hospital

विश्वविद्यालय स्थापना भएको १२ वर्षपछि पहिलोपटक सभ्यता, सम्पदा, नवप्रवर्द्धन र रूपान्तरणको विषयमा सुदूरपश्चिमको अध्ययन विषयक अन्तर्राष्ट्रिय सम्मेलन गरिएको हो । सम्मेलनको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले सुदूरको सभ्यता र पछिल्ला दिनहरूमा रूपान्तरणदेखि प्राज्ञिक उचाइ वृद्धि गर्ने अपेक्षा राखे । प्रदेश प्रमुख जोशीले ज्ञान अभिवृद्धिका साथै सूचना प्रविधिको विकास र समाजलाई थप शैक्षिक गन्तव्यमा डो-याउने बताए ।

attariya hospital

सुदूरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठकले अक्सफोर्ड विश्वविद्यालय, ब्रिटेन नेपाल एकेडेमी काउन्सिलसँगको समन्वयमा अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको बताए । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा. अम्मराज जोशीले विभिन्न ९ देशका विद्वानहरूले विविध ७६ विषयमा शोधपत्र प्रस्तुत गर्ने बताए ।

उपकुलपति डा. जोशीका अनुसार शिक्षा, स्वास्थ्य, मेडिकल, इन्जिनियरिङ, प्राकृतिक स्रोत साधन, वातावरण, कृषि, जनजीविका, विज्ञान, समाजिक विज्ञान, परिवेश, इतिहाससहित सुदूरपश्चिमको सम्भावनाको विषयमा अध्ययन हुनेछ । सम्मेलनले सुदूरपश्चिमको वृद्धि विकासमा नीति निर्माणदेखि टेवा पुग्ने अपेक्षा गरिएको छ ।