खाेज्नुहाेस

जब हजारौं विद्यार्थीमाँझ ‘सवारी एस ५’ लिएर उभिए एसपीएका सोहन

Image

धनगढी – देशभरिका इन्जिनियर्सहरुहरुको संस्था हो, ‘इन्जिनियर्स भ्लग’ । यही संस्थाले हरेकवर्ष काठमाडौंमा अर्बिट इन्जिनियर एक्स्पो कार्यक्रम आयोजना गर्ने गर्दछ । उक्त कार्यक्रममा देशभरिबाट इन्जिनियरिङका क्षेत्रमा भएका, गरिएका प्रयासहरु प्रदर्शनी गर्ने गरिन्छ । यसपल्ट यही डिसेम्बर ९ देखि १० सम्म काठमाडौंमा भएको एक्स्पोमा प्रोजेक्ट प्रदर्शनी, रोबो सकर, रोबो वार र पेपर ब्रिज कम्पिटिसन गराइएको थियो । जसमा धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) का विद्यार्थी सोहन कैनीले प्रोजेक्ट प्रदर्शनीमा सहभागिता जनाएका थिए ।

देशभरिबाट आएका र काठमाडौं उपत्यकाका हजारौं इन्जिनियरिङ विद्यार्थीहरुमाझ सोहनले आफैले बनाएको इलोक्ट्रिक बाइक विथ फिंगरप्रिन्ट प्रदर्शनीमा राखेका थिए । सोहनले बाइकको नाम राखेका छन्, ‘सवारी एस ५’ जसलाई प्रदर्शनीमा नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङदेखि इन्जिनियर सागर ढकाललगायतले अवलोकन गरेका छन् । एसपीएमा कक्षा ११ मा अध्ययनरत् सोहनलाई उक्त बाइक प्रोजेक्ट निर्माणका लागि सबै सहयोग कलेजले गरेको हो । हजारौं विद्यार्थीमाझ आफूले बनाएको प्रोजेक्टसहित उपस्थित हुन पाउँदा गर्विलो महसुस भएको सोहनले बताए । ‘देशभरिबाट इन्जिनियरिङ क्षेत्रमा रुचि भएका विद्यार्थीहरुबीच उपस्थित हुन पाउँनु नै मेरा लागि ठूलो कुरो थियो । त्यसमाथि मैले आफूले बनाएको बाइक प्रदर्शन गर्न पाए,’ सोहनले भने, ‘यहाँसम्म पु-याउँन मलाई कलेजले नै सबै हेल्प गरेको हो । कलेज परिवारप्रति आभार व्यक्त गर्दछु ।’

attariya hospital
navjiwan hospital

सोहनको ‘सवारी एस ५’ एकपटकमा चार्ज गरेमा ५० देखि ६० किलोमिटर कुद्न सक्छ । ब्याट्रीको पावर बढाएर बाइक अझै धेरै कुद्न सक्ने उनी बताउँछन् । त्यसबाहेक इलोक्ट्रिक बाइक भएकाले यो वातावरणमैत्री पनि छ । औलाको सेन्सरले सजिलै अन गर्न सकिन्छ । ‘मैले सबै पुनः प्रयोग हुने सामाग्रीहरुको प्रयोग गरेर यो बाइक बनाएको हुँ । माइलेजको पनि समस्या छैन । ब्याट्रीको पावर बढाउँन चाहे अझै बढी कुद्छ,’ सोहनले भने ।

पूर्ण रुपमा बाइक तयार हुँदा व्यवसायिक रुपमा एक लाखसम्ममा बिक्री गर्न सकिने उनको विश्वास छ । व्यवसायिक रुपमा अघि बढ्न अझै बाइकमा आफूले काम गरिरहेको उनले बताए । एसपीएका क्याम्पस प्रमुख योगराज उपाध्यायले कलेजले पढाईका अलावा विद्यार्थीहरुको रुचि अनुसार लगानी पनि गर्ने गरेको र त्यसले प्रतिफल देखाउँदै गएको बताए । ‘अब किताबी रटानले मात्रै विद्यार्थीलाई पुग्दैन । शैक्षिक संस्थाले उनीहरुको रुचिअनुसारको क्षेत्रमा लाग्न र त्यसमा अब्बल हुन प्रेरित गर्नुपर्छ,’ उपाध्यायले भने, ‘हामीले विधार्थीलाई संस्कार र अनुशासनयुक्त अध्ययनसँगसँगै पसिना र कर्ममा विश्वास गर्ने बनाउँछौं । त्यसमा लगानी पनि गरेका छौं । जसमा देशभरबाट अब्बल हुँदै हाम्रा विद्यार्थीले प्रतिफल पनि देखाइरहेका छन् ।’

झण्डै ३५ सय विधार्थी अध्ययनरत् एसपीए सुदूरपश्चिमकै अग्रिणी शैक्षिक संस्था हो । एसपीएमा स्नातकोत्तर तहमा एमएड, एमबीएस, स्नातक तहमा बीए, बीबीएस, बीएड, बीएचएम, बीआईएम, एकवर्षे बीएड तथा प्लस टूमा विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी, कानुन, होटल म्यानेजमेन्ट, आमसञ्चार र पत्रकारिता विषयमा अध्ययन अध्यापन हुँदै आएको छ । कलेजमा पूर्ण रुपमा मल्टिमिडियायुक्त कक्षाकोठाहरु छन् । सबै कोठामा सिसी टिभी क्यामेरा जडान गरिएका छन् । आधुनिक कम्प्युटर तथा विज्ञान प्रयोगशालामा विधार्थीहरुलाई प्रशिक्षित गराइन्छ । टाढाबाट आउने विधार्थीका लागि कलेजले बसको व्यवस्था गर्नुका साथै होस्टेलको समेत व्यवस्था गरेको छ ।