बझाङ – बझाङ जिल्लाको दुर्गम साइपाल गाउँपालिकाका मतपेटिका हेलिकप्टर मार्फत सदरमुकाम चैनपुर ल्याइएको छ । यातायात संजाल नजोडिएको साइपाल गाउँपालिकाका केहि वडाका मतपेटिका सोमबार पैदल सदरमुकाम चैनपुर पुगे पनि धुली र काँडाका मतपेटिका आज नेपाली सेनाको हेलिकप्टर मार्फत ल्याइएको हो ।
अहिले सर्वदलिय बैठक बसेको र अबको केहि बेरमा मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत नन्दकिशोर प्रसाद यादवले बताए । मतगणना जिल्ला अदालत तथा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुने भएको छ ।