देशभरका सबै मत गणनास्थलमा सीसी क्यामेरा जडान गर्न निर्देशन
निर्वाचन आयोगले यही मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको सबै मत गणनास्थलमा सीसी क्यामेराको व्यवस्था गर्न मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ ।

मत गणना हुँदा हुनसक्ने सम्भावित दुर्घटना रोक्न भन्दै मत गणनास्थलको सुरक्षाका लागि यस्तो निर्देशन दिइएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतदानस्थलमा सीसी क्यामेरा अनिवार्य रूपमा जडान गर्न मतदान अधिकृतलाई निर्देशन दिइएको हो ।
साथै केही मतदान स्थलमा तारजालीको समेत व्यवस्था गरिएको छ । आयोगले तारजालीका विषयमा केही नभने पनि स्थानीय स्तरमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै तारजाली लगाएका हुन् ।