निसर्ग हस्पिटलमा पेरिटोरियल डायलासिस पद्धतिद्वारा ६ महिने बच्चाको उपचार

धनगढी – धनगढीमा रहेको सुदूरपश्चिमकै सुविधासम्पन्न निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टरमा पेरिटोरियल डायलासिस पद्धतिद्वारा ६ महिने बच्चाको सफलतापूर्वक उपचार सम्पन्न भएको छ । सुदूर र मध्यपश्चिममै पहिलोपटक यो खाले उपचार सफल भएको अस्पतालले जनाएको छ ।

maya metro hospital

बयस्क उमेर तथा जेष्ठ नागरिकमा डायलासिस गर्दा रगत फेरेर मिर्गौला रोगीको पेटमा पाइप राख्ने, पेटभित्र गएको पाइपमा पानी हाल्ने तथा त्यो पानी परिवर्तन भएर शरीरबाट फोहोर निकालेर उपचार गर्ने गरिन्छ । तर बालकहरुमा भने त्यो विधि लागु हुदैन । अस्पतालका अनुसार १५ किलो भन्दा कम तौल भएका बच्चाहरुमा पेरिटोरियल र सीआरआरसी पद्धती गरी जम्मा २ वटा बिधीहरु मार्फत मात्रै उपचार गर्न सकिन्छ ।

joshi vada pasal 2
indreni vansa ghar

सोही अनुसार बैतडीको पुर्चौडी नगरपालिका – ७ का ६ महिने बालक सुबाश बिष्टको उपचार पेरिटोरियल डायलासिस पद्धतीबाट गरिएको उपचारमा संलग्न नवजात शिशु तथा वालरोग सघन उपचार विशेषज्ञ डाक्टर पुष्पराज अवस्थीले बताए । बिष्टलाई गत कार्तिक १७ गते सिकिस्त अबस्थामा उपचारका लागि निसर्गमा ल्याइएको थियो । डडेल्धुराबाट भेन्टिलेटरमै अवस्थामा एम्बुलेन्समा राखेर बालकलाई निसर्गमा पु¥याइएको थियो । बालककी आमा दुर्गा बिष्टले आँखाभरी आँशु पार्दै भनिन्, ‘सुरुमा सामान्य रुघा, खाकी मात्रै सोच्यौँ, नजिकैको मेडिकलबाट औषधि गरेँ तर ठिक भएन । झन साह्रो भएपछि डडेल्धुरा लगेँ, त्यहाँ पनि ठिक भएन ।’

बच्चाको अबस्था झन बिग्रिदै गएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि निको नभएको उनले बताईन । उनले अवस्था निकै खराब भएपछि आशै मारेर भेन्टिलेटरमै निसर्ग ल्याएको बताईन । सुदूरपश्चिममै पहिलोपटक पेरिटोरियल डायलासिस पद्धतिद्वारा बालकको उपचार गरेको नवजात शिशु तथा वालरोग सघन उपचार विशेषज्ञ डाक्टर अवस्थी बताउँछन । उनको उपचारमा नवजात शिशु तथा वालरोग विशेषज्ञ डाक्टर प्रदिप मिश्र, नवजात शिशु तथा वालरोग विशेषज्ञ डाक्टर दिपक पौडेल, एनेस्थेसियोलोजिस्ट डा. हेमन्त ओझा र सुनिल भट्टलगाएतको टिम संलग्न भएको अस्पतालले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.