गोदावरीमा बाल समिति संरक्षणका सदस्यहरु संग अन्तरक्रिया गरिदै

अत्तरिया – कैलालीको अत्तरियामा बाल समिति संरक्षणका सदस्यहरु संग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । गोदावरी नगरपालिका भित्र रहेका वडा बालक्लवका संजालका पदाधिकारीहरुका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

maya metro hospital

कार्यक्रममा बालबालिका र बालअधिकारका सिद्दान्तबारे जानकारी दिइने नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख गोदावरी धामीले बताइन् । उनले ३ दिन सम्म चल्ने अन्तरक्रियमा सहभागी बालबालिकालाई बालमैत्री स्थानीय शासनमा बालबालिका सम्बन्धी कानुन तथा नीतिगत व्यवस्था, बालमैत्री स्थानीय शासनको रणनीतिक व्यवस्था, बाल विवाह, विद्युतिय अपराध, लागूपदार्थ दुव्र्यसनी सम्बन्धी सचेत बालबालिकालाई गराइने बताइन् ।

कार्यक्रमको अन्तिम दिन नगर स्तरीय बाल सञ्जालको पनि गठन गरिने जनाईको छ ।

attariya hospital

आइतार देखि सुरु भएको अन्तरक्रिया कार्यक्रमको गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकायाले उद्घाटन गरेकी थिइन । कार्यक्रममा बोल्दै उनले बालबालिकालाई लागूऔषध दुव्र्यसनीबाट बचाउदै सहि बाटोमा डोह¥याउन आवश्यक रहेको बताइन् ।

उनले बालबालिकालाई दुव्र्यसनिबाट जोगाउनको लागि गरपालिकाबाट हुने सहयोग गर्न आफूहरु प्रतिवद्द रहेको बताइन् ।
कार्यक्रममा गोदावरीका १२ वटै वडाका ६५ जना बालबालिकाको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.