कीर्तिपुर बस दुर्घटना : त्रिविका प्राध्यापकको निधन, बैतडीका सहित ३ जना घाइते

काठमाडौँ- कीर्तिपुरमा बस दुर्घटना हुँदा मृत्यु भएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक प्रा.डा. गोविन्द रिजाल रहेका प्रहरीले बताएको छ ।

maya metro hospital

रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा३ख २०२७ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा प्रा.डा. रिजालको मृत्यु भएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता (एसएसपी) दिनेशराज मैनालीले बताए ।

प्रा.डा. रिजाल त्रिभुवन विश्वविद्यालय कृषि अध्ययन संस्थाका आंशिक प्राध्यापक हुन् । दुर्घटनामा घाइते भएका अन्य ३ जना बैतडी घर भएका २४ वर्षीय डम्बर पन्त, २४ वर्षीया विमला श्रेष्ठ र बस चालक २७ वर्षीय रमेश लामा रहेका खुलेको छ । उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.