बस दुर्घटना हुँदा एक जनाको मृत्‍यु

काठमाडौँ- कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्‍यु भएको छ । प्रहरीका अनुसार कीर्तिपुरबाट रत्नपार्क चल्ने बा ३ ख २०२७ नम्बरको यात्रुवाहक बस कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि दुर्घटना भएको थियो ।

maya metro hospital

दुर्घटनामा एक जनाको मृत्‍यु भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले बताए । उनका अनुसार दुर्घटनामा घाइते भएका अन्य तीन जनाको उपचार भइरहेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.