अत्तरिया – कैलालीको गोदावरी क्षेत्र आफैमा रमणिय ठाउँ हो । पहाडको फेदमा रहेको गोदावरी क्षेत्र धार्मीक तथा प्रयटकीय क्षेत्र हो । गोदावरी भन्ने बितिकै जो कोहीले पनि गोदावरी धाम र पुरानो काठे पुल आसपासको क्षेत्रलाई सम्भिन्छन ।गोदावरीमा सबैभन्दा तल आर्यघाट रहेको छ भने त्यसमाथि गोदावरी धाम क्षेत्र र त्यसपछि गोदावरीको काठेपुल भएको क्षेत्र आउन्छ । त्यसमाथि पनि पिकनिक स्थल रहेको छ । तिनै क्षेत्रमा मानिसहरु रमाउन जाने गर्दछन् ।


तर, कलकल सफा पानी बगिरहेको देख्न सकिने यी तस्बिर भने गोदावरी नदीकै भएपनि गोदावरी धाम क्षेत्रका होइनन् । तेधरीमा रहेको नेपाली सेनाको व्यारेक अगाडी देखि करिब १ किलोमिटर भित्र पुगेपछि यो रमणिय क्षेत्र देख्न सकिन्छ ।
शुख्खा मौसममा यहाँ गोदावरी नदीमा पानी थोरै हुने भएपनि अहिले भने यो क्षेत्रमा प्रयाप्त पानी बगिरहेको छ ।
सफा कलकल बगिरहेको यो पानीले यो क्षेत्र निकै सुन्दर देखिन्छ । जहाँ डुबुल्कि हानेर नुहाउन मिल्ने तलाव समेत रहेका छन् । सो क्षेत्रबाट नजिकै देखिने पहाडले पनि यस क्षेत्रको सौदर्यता झनै बढाएको छ ।
गोदावरी नदीले कटान गरेर निकै फराकिलो बनाएको बगर रहेको छ । त्यसैले यो क्षेत्र प्रकृतिसंग रमाउनलेका लागि निकै आकर्षकको केन्द्र बन्न सक्ने देखिन्छ ।