सुप स्कुल डान्स आईडलको उपाधी अत्तरियाका ठगुन्नालाई

अत्तरिया – सुदूरपश्चिम प्रदेश स्तरीय ‘सुप स्कुल डान्स आईडल २०२२’ को उपाधी कैलालीको अत्तरियाका गणेश ठगुन्नाले जितेका छन । शनिबार अत्तरियामा सम्पन्न प्रतियोगीतामा दुई जना प्रतिष्पर्धिहरुलाई उछिन्दै उनले उपाधी हात पारेका हुन ।

maya metro hospital

उपाधी जितेसँगै उनले नगद रु. ५१ हजार र साईकल प्राप्त गरेका छन । यसैगरी प्रतियोगीतामा अत्तरियाकै कार्तिक विक फस्ट रनरअप भएका छन । फस्ट रनरअप भएसँगै उनले नगद रु. ३० हजार र साईकल प्राप्त गरेका छन भने सेकेण्ड रनरअप भएका धनगढीका सुरसेन जोशीले नगद रु. १९ हजार र साईकल प्राप्त गरेका छन ।

joshi vada pasal 2

प्रथम भएका ठगुन्ना अत्तरियामा रहेको लोटस आई अंग्रेजी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्र हुन भने फस्ट रनरअप भएका बिक अत्तरियामै रहेको दुर्गालक्ष्मी नमुना माविमा कक्षा ९ मा अध्ययनरत छात्र हुन ।

विप्लव इन्टरटेनमेन्ट ग्रुप नेपाल प्रालिले यही भाद्र १८ गतेदेखी सुरु गरेको प्रतियोगीतामा प्रदेशभरीका विद्यालयहरुबाट करिब ३ सय विद्यार्थीहरुको सहभागीता रहेको जनाईएको छ । कक्षा १ देखि एसईई परीक्षा दिएका विद्यार्थीहरुलाई सहभागी गराई आयोजना गरिएको उक्त प्रतियोगीतामा टप ५ भित्र पर्ने विद्यार्थीहरुलाई स्कलरसिप, काठमाण्डौं टुर, २ महिना निःशुल्क डान्स ट्रेनिङ र म्युजिक भिडियोमा अवसर दिईने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.