खाेज्नुहाेस

सुनको मूल्य १४ सयले बढ्यो

Image
file photo
navjiwan hospital

सुनको मूल्य एकै दिन एक हजार चार सय रुपैयाँले बढेको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर प्रतितोला ९५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला तीन सय रुपैयाँले घटेको थियो । महासंघका अनुसार बुधबार तेजाबी सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।