खाेज्नुहाेस

धनगढीमा सुदूरपश्चिम महोत्सव मंसिर २२ देखि पुस २ गतेसम्म संचालन गरिने

Image

धनगढी – विगत १६ वर्षदेखि संचालन हुने सुदूरपश्चिम महोत्सव मंसिर २२ देखि पुस २ गतेसम्म संचालन गरिने भएको छ । प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यवसाय तथा व्यापार प्रबद्र्धनका लागि हुँदै आएको महोत्सवको तयारी सुरु भएको संघले जनाएको छ ।

navjiwan hospital

संघले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष पुष्पराज कुँवरले ‘समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने मूल नाराका साथ हरेक वर्ष झै यो वर्षपनि मंसिर २२ देखि पुस २ गतेसम्म महोत्सव आयोजना हुने बताए ।

attariya hospital

उनले कृषि उत्पादन, मह, जडीबुटी, हस्तकला, अल्लोका सामग्री, अलैंची, अदुवा, मसला, फर्निचर, अटोमोबाइल, गार्मेन्ट, इलोक्ट्रोनिक, होटल, सूचना प्रविधिलगायत व्यापारिक, रमाइलो मेला तथा बाल उद्यान सहितका ३ सयभन्दा बढी स्टल रहने बताए ।

विगतमा संघीय सरकारलाई २१ किलोको मालासहित २१ बुँदे माग र प्रदेश सरकारलाई सात किलोको मालासहित ७ बुँदे माग राखेको संघले केही माग पुरा भएको भन्दै यसवर्ष माग संशोधन गर्ने तयारी समेत गरेको छ । अध्यक्ष कुँवरले मागहरू हेरफेर गर्न छलफल गरिरहेको बताए ।