बैतडीमा निर्वाचनका लागि १,६८४ जनशक्ति परिचालन गरिने

बैतडी – मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बैतडीमा १ हजार ६ सय ८४ जनशक्ती परिचालन गरिने भएको छ । निर्वाचन कार्यालय बैतडीका प्रमुख माधवप्रसाद फुयालका अनुसार मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, स्वयंसेवक र कार्यालय सहयोगी गरी १६८४ जनशक्ति परिचालन गरिने भएको हो ।

maya metro hospital

जिल्लामा २१० मतदान केन्द्र रहेका छन् भने जिल्ला कारागारमा एक अस्थायी मतदान केन्द्रसमेत स्थापना गरिएको छ । यी केन्द्रमा १६८४ जना जनशक्ती परिचालन गरिने छन् ।

पाँच सयसम्म मतदाता भएको केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, चार जना सहायक कर्मचारी तीन जना स्वयंसेवक र १ जना कार्यालय सहयोगी खटिने छन् ।

attariya hospital

एक हजारसम्म मतदाता भएको केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, पाँच जना सहायक कर्मचारी, चार जना स्वयंसेवक र एक जना कार्यालय सहयोगी खटिने निर्वाचन कार्यालय बैतडीका प्रमुख फुयालले जानकारीले दिए ।

जिल्ला कारागारमा स्थापना गरिएको अस्थायी मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगी खटिने छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.