अत्तरिया- कैलालीको धनगढीमा १२ लाख बढीको अवैध सामान बोकेको अटो फेला परेको छ । धनगढी उपमहानगरपालिका-५ लब्लिचोकमा भारतबाट अवैध रुपमा भन्सार छली ल्याइएको १२ लाख ९ हजार मूल्यको सामान बोकेको अटो बेवारिसे अवस्थामा फेला परेको हो ।


आज उक्त मूल्यको कुर्ति, साडी, कुर्ति सेट, सेण्डो रहेको सु प प्र ०१००१ से ४७७९ नम्बरको अटो बेवारिसे अवस्थामा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

अटो सहितको अवैध सामान त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाएको प्रहरीले जनाएको छ ।
