बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा पाँच सय रूपैयाँले बढेर ९३ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन छापावाल सुन प्रतितोला ९३ हजार एकसय रूपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुन तोलामा पाँच सय रूपैयाँले बढ्दै ९३ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको महासंघको जनाएको छ ।

आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा १० रूपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार २ सय २५ रूपैयाँमा कारोबार भइरहे छ ।
















