धनगढी – कैलालीमा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । करणी मुद्दाका फरार प्रतिवादी लम्कीचुहा नगरपालिका – २ गणेशपुर बस्ने ४९ वर्षीय प्रेम चौधरी पक्राउ परेका हुन ।
२०६३/१०/२५ गते जबरजस्ती करणी गरी फरार भएका उनलाई जिल्ला अदालत बर्दियाको मिति २०६८/०३/०९ गतेको आदेशले ६ वर्ष कैद सजाय सुनाएको थियो ।
ईलाका प्रहरी कार्यालय लम्कीले उनलाई २०७९/०६/३० गते गणेशपुरबाटै पक्राउ गरेको बताएको छ । उनलाई पक्राउ गरी जिल्ला अदालत कैलालीमा बुझाइएको प्रहरीले जनाएको छ ।