सुदूरपश्चिममा बर्सेनि बढ्दै विपद्जन्य क्षति

धनगढी– सुदूरपश्चिम प्रदेशमा बर्सेनि विपद्बाट भौतिक तथा मानवीय क्षति हुने क्रम बढेको छ । प्रदेशको तराई क्षेत्रमा बाढी तथा डुबान र पहाडी क्षेत्रमा पहिरो तथा प्रदेशका नौवटै जिल्लामा चट्याङ, हावाहुरी, आगलागीलगायतका विपद् र वन्यजन्तु आक्रमणबाट पनि अन्नबाली तथा मानवीय क्षति हुँदै आएको छ ।

Karma Consultancy

प्रदेशका सात पहाडी जिल्लामा बाढी तथा पहिरो र तराईमा बाढी तथा डुवानसँगै चट्याङ, आगलागी, वन्यजन्तु आक्रमणलगायतका घटनाबाट मानविय तथा भौतिक संरचनामा क्षति हुने गरेको छ ।

citizen security services

नेपाल रेडक्रस सोसाइटी कैलालीका अध्यक्ष उत्तम जोशी तराईमा डुबान तथा बाढी र पहाडमा पहिरोका घटनाहरु बढिरहेको बताउँछन् । वातावरणीय प्रभाव मूल्यांकनबिनै बनाइएका भौतिक संरचनाका कारण पनि विपद्जन्य क्षति बढ्दै गएको उनको भनाइ छ ।

attariya hospital

उनले भने, ‘पहाडमा सडक निर्माणका नाममा मनलाग्दी सडक खन्ने, कमजोर भूबनोटमा ठूला मेसिन लगाउने र अनियन्त्रित नदीजन्य पदार्थ उत्खननका कारण पनि बाढी तथा पहिरोका घटना बढिरहेका छन्। ’

नौवटा जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा वैशाखदेखि असोज २५ गतेसम्म विपदजन्य घटनामा ५५ जनाको मृत्यु भएको छ । सोही अवधिमा १० जना बेपत्ता भएका छन् भने एक सय १० जना घाइते भएका छन् । विपदका दुई सय ४६ वटा घटनाबाट पाँच करोड ६९ लाख १५ हजार सात सय बराबरको क्षति भएको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रको तथ्यांकमा उल्लेख छ ।

६ महिनामा प्रदेशमा सबैभन्दा बढी मानवीय क्षति अछाममा भएको छ भने कैलालीमा धेरै परिवार प्रभावित बनेका छन् । अछाममा २८ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् ।

राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार कैलालीमा सात जनाको मृत्यु भएको छ भने चार करोड ८४ लाख १० हजार बराबरको क्षति भएको अनुमान गरिएको छ ।

प्रदेशमा सबैभन्दा पहिरोबाट मानविय क्षति हुने गरेको छ। सात जिल्लाका विभिन्न घटनामा २८ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। पहिरोका कारण सात लाख ८४ हजार बराबरको क्षति भएको छ ।

प्रदेशमा आर्थिक वर्ष २०७८÷७९ मा १ सय १३ विपद्जन्य घटनामा परी ५० जनाको मृत्यु, २३ जना बेपत्ता र ५३ जना घाइते भएका थिए । सो आर्थिक वर्षमा सबैभन्दा बढी मानविय क्षति डोटीमा भएको थियो। डोटीमा पहिरोमा परी १८ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.