खाेज्नुहाेस

डोटीमा ग्रामीण भेगका सडक बन्द

Image
file photo

डोटी – चार दिनदेखिको अविरल वर्षाका कारण डोटीका ग्रामीण भेगका सबै सडकहरू बन्द रहेका छन् । १९ गते रातिदेखिको लगातारको वर्षाका कारण आवतजावतमा समस्या हुनुका साथै ग्रामीण भेगका सडकको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

navjiwan hospital

लगातारको वर्षाका कारण जनजीवन समेत प्रभावित भएको छ। शनिबार दिउँसोदेखि केआईसिंह राजमार्गअन्तर्गत डडेल्धुराको रडुवामा पहिरो जाँदा मुख्य सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डोटीका इन्सपेक्टर देवेन्द्र जोशीले जानकारी दिए ।

attariya hospital

वर्षाका कारण सेती नदीको सतह बढ्दै गइरहेकाले नदी छेउछाउका बस्तीलाई समेत जोखिम बढ्दै गइरहेको छ । प्राकृतिक प्रकोपबाट आउने क्षतिबाट बच्न सर्बसाधारण सबैलाई सचेत रहन प्रशासन लगायत स्थानीय निकायले आग्रह गर्दै आइरहेका छन् ।