अत्तरिया – नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि डडेल्धुराबाट उम्मेदवार उठाएको छैन । एमालले शुक्रबार सुदूरपश्चिमका प्रतिनिधि सभा क्षेत्रका लागि उम्मेदवार उठाएको भएपनि डडेल्धुरा भने नेपाली कांग्रेस बीपीका लागि छोडेको छ ।

डडेल्धुराबाट यसअघि नै कांग्रेस बीपीबाट पार्टीका केन्द्रिय वरिष्ठ उपसभापति कर्णबहादुर मल्लको नाम सिफारिस भएको छ ।

अब डडेल्धुरामा राजनीतिक दलका तर्फबाट देउवा र मल्ल बिच प्रतिस्प्रर्धा हुने देखिएको छ । देउवालाई सत्तारुढ गठबन्धनको साथ रहने छ भने मल्ललाई एमालेले साथ दिनेछ ।
