अत्तरिया – कैलालीको अत्तरियामा उपासना ब्युटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टर संचालनमा आएको छ । लामो समयदेखि अत्तरियामा संचालनमा रहेको उपासना ब्युटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टन नयाँ ठाउँमा नयाँ व्यवस्थापनका साथ संचालनमा आएको हो ।
दक्ष अनुभवि सौन्दर्यकर्मीबाट हेयर स्टायल ट्रेनिङ, मेकअप ट्रेनिङ, सेल्फ मेकअप, केराटिन, फेसियल, नयल आर्ट, मसाजका सेवा लगायतका ट्रेनिङको व्यवस्था सहित पार्लर संचालनमा ल्याएको संचालिका भावना भट्टले बताईन ।
सुविधा सम्पन्न ब्युटी तथा ट्रेनिङ सेन्टरमा ब्युटिसियन सेमिनार तथा ट्रेनिङहरु सहित विवाह तथा अन्य सौन्दर्य सम्बन्धिका लागि विशेष प्याकेज रहेको उनले बताईन ।
दशैं तिहारमा सेवाग्राहीलाई सेवामा विशेष छुट समेत रहेको जनाइएको छ । आइतबार फुलपातीका दिन एक कार्यक्रमका बिच उक्त ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको उद्घाटन गरिएको हो ।